Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु

मेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु


एजेन्सी । मेक्सिकोमा अप्रिलको मध्यदेखि बढेको गर्मीका कारण आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएअनुसार राजधानी मेक्सिको सिटीमा यो हप्ता तापक्रम ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) पुगेको छ।

गत अप्रिल १४ देखि जुन १२ को बीचमा सात जनाको हेटस्ट्रोक र एक जनाको डिहाइड्रेसनका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मोन्टेरीको उत्तरपूर्वी शहरमा, तापमान ४० डिग्री नाघेको छ जसले गर्दा घरहरूमा पानी आपूर्ति कम भएको र वातानुकूलनका लागि बिजुलीको बढ्दो माग बढ्दो छ ।

मोन्टेरीका बासिन्दा वेन्डी टिजेरिनाले शहर औद्योगिक क्षेत्रमा पर्ने भएकाले गर्मी बढी भएको बताइन्।

‘यहाँ पानीको अभाव छ, तपाईले बच्चाहरूलाई नुहाउन सक्नुहुन्न । फ्यान पनि प्रयोग गर्न सक्नुहुन्न किनभने तिनीहरूले बिजुली काटिएको छ’, उनले एएफपीलाई भनिन्।

उनले आफ्नो परिवारले बाच्ब कै लागि धेरै पानी पिउने प्रयास गरेको बताइन् ।

न्युभो लियोन राज्यको सरकारले घामबाट बच्न बच्चाहरूलाई स्कूल जाने समय दिनको दुई घण्टामा सीमित गरेको छ।

गत वर्ष मेक्सिकोले देशका केही भागहरूमा गर्मीको लहर र वर्षाको अभावको रूपमा खडेरीको आपतकाल घोषणा गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT