Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार

ट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार


एजेन्सी । ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।

दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन् ।

जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो । उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए ।

मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।

ट्युनिसियाली तटहरूबाट इटालीतर्फ सामान्यतया अनुकूल मौसमको कारण गर्मीको समयमा आप्रवासनमा जानेको सङ्ख्यामा अत्यधिक वृद्धि हुनेगर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT