Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘ब्याजदर थप बढ्ने सम्भावना छ’

‘ब्याजदर थप बढ्ने सम्भावना छ’


एजेन्सी । अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन् ।

बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरेपछि ब्याजदर स्थिर राख्ने पक्षमा अमेरिकी संसदमा मतदान गरेको केही समयपछि पावेल ‘हाउस’ र ‘सिनेट’समक्ष उपस्थित भएका हुन् ।

प्रतिनिधिसभाको वित्तीय सेवा सम्बन्धी समितिका लागि तयार पारिएको टिप्पणीमा उनले भने, “एफओएमसीका प्रायः सबै सहभागीहरूले यस वर्षको अन्त्यसम्ममा ब्याज दरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने अपेक्षा गरेका छन् ।”

पावेलले बुधबार भने, “फेडले मार्च २०२२ देखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई पाँच प्रतिशत अङ्कले बढाइसकेको छ, जुन शून्यको नजिकबाट ५.० देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ । तर यी आक्रामक कदमहरूको बावजुद, मुद्रास्फीति फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा ‘धेरै माथि’ रहेको छ ।”

मौद्रिक नीतिमा फेडको अर्धवार्षिक प्रतिवेदनमाथि छलफल गर्न अमेरिकी संसदसमक्ष उनको निर्धारित उपस्थितिले नीति निर्माताहरूलाई उच्च ब्याज दर र सुस्त आर्थिक वृद्धिको समयमा बैंकका सबैभन्दा वरिष्ठ अधिकारीलाई प्रश्न गर्ने मौका दिनेछ ।

ब्याज दरको निर्णयसँगै यस वर्ष थप आधा प्रतिशत बिन्दुको वृद्धि आवश्यक हुन सक्ने सुझाव दिएको फेडले जुन १४ मा अद्यावधिक आर्थिक पूर्वानुमान पनि प्रकाशित गरेको थियो ।

फेडले सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको प्रक्षेपणलाई मार्चमा ०.४ प्रतिशतबाट बढाएर १.० प्रतिशत पुर्याएको छ ।

यस वर्षको औसत मुद्रास्फीतिको अपेक्षा ३.२ प्रतिशतमा झरेको छ भने अस्थिर खाद्य र ऊर्जा मूल्यहरू समावेश नगर्ने आन्तरिक मुद्रास्फीतिको प्रक्षेपण वार्षिक ३.९ प्रतिशतको दरले वृद्धि भएको फेडले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT