Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियके अमेरिकाले फेरि अश्वेत राष्ट्रपति पाउनेछ ?

के अमेरिकाले फेरि अश्वेत राष्ट्रपति पाउनेछ ?


एजेन्सी । के अमेरिकाले फेरि अश्वेत राष्ट्रपति पाउनेछ ? रिपब्लिकन पार्टीका सांसद टिम स्कटले राष्ट्रपति पदका लागि आफ्नो दाबी प्रस्तुत गरेकाले यस्तो भनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले रिपब्लिकन पार्टीको २०२४ को राष्ट्रपति चुनाव अभियानलाई धार दिने वाचा गरेका छन्।

टिम स्कट अमेरिकाको दक्षिणी भागबाट सिनेटमा निर्वाचित हुने पहिलो सिनेटर हुन्।

टिम स्कटको उद्देश्य आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विकल्पको रूपमा प्रस्तुत गर्ने हो।

उनी रिपब्लिकन पार्टीका शीर्ष नेताहरूलाई आफू उत्कृष्ट उम्मेदवार भएको सङ्केत गर्नमा व्यस्त छन् । यस्तो अवस्थामा ट्रम्पको मनोनयनलाई समर्थन गर्नुको सट्टा पार्टीका नेताहरूले उनलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

बराक ओबामा अमेरिकाको इतिहासमा एक मात्र अश्वेत राष्ट्रपति भएका थिए।

उनले सन् २००८ मा पहिलो पटक राष्ट्रपतिको निर्वाचन जितेका थिए । त्यसपछि २०१२ को निर्वाचनमा पनि विजयी भएका थिए र २०१६ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT