Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु


एजेन्सी । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेङ्गुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेङ्गुका बिरामी उपचार पछि घर फर्केका छन् । बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना

चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

Techie IT