Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा बुधबार खारेज

क्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा बुधबार खारेज


एजेन्सी । युरोपेली सङ्घ (इयू) को अदालतले स्पेनको अनुरोधमा क्याटालोनियाका तीन सांसदले युरोपेली संसद्लाई दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएको छ ।

अदालतले कार्लेस पुइग्डेमोन्ट, टोनी कोमिन र क्लारा पोन्साटीले सन् २०२१ को संसदको निर्णयलाई प्रभावकारी रुपमा पुष्टि गर्दै दायर गरेका सबै निवेदन खारेज गरेको जनाएको छ ।

म्याड्रिडले प्रतिबन्धित क्याटलन जनमत संग्रह र स्पेनको दशकौंको सबैभन्दा खराब राजनीतिक सङ्कट निम्त्याउने स्वतन्त्रता प्रयास असफल भएपछि युरोपेली सङ्घका सांसदहरूले उनीहरूविरुद्ध कानुनी कारबाही गर्न सक्ने निर्णय चाहेको थियो ।

बुधबारको फैसलापछि जनमत सङ्ग्रहका क्रममा निर्वासनमा भागेका क्याटलोनियाली नेता पुइग्डेमोन्टले तत्काल अपिल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोन्मिन र पोन्साटी पनि बेल्जियममा स्व–निर्वासन समाप्त भएपछि विदेश भागेका छन् । पुइगडेमोन्ट र कोमिन सन् २०१९ को मे महिनामा युरोपेली संसद्मा निर्वाचित भएका थिए भने पोन्साटी सन् २०२० को फेब्रुअरीमा निर्वाचित भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT