Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा

नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा


एजेन्सी । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

“आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भने ।

गत साताको अन्त्यमा उनको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताएका थिए । सोमबार उनले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गरेका हुन्।

सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताएका हुन्।

“म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,” रूटले संसदमा भने ।

“हिजो बिहान अब मध्य–दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ ।

“निर्वाचनपछि नयाँ सरकारले सपथ लिएपछि म राजनीति छोड्नेछु ।”

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्याङ्कन भएको बताएका हुन् ।

रुट्टेले शुक्रबार एक पत्रकार सम्मेलनमा आफूसँग पाँचौं कार्यकालका लागि उम्मेदवारी दिने ‘ऊर्जा’ रहेको बताएका थिए । साथै, उनले यस विषयमा आफूले सोच्ने बताएका थिए । सोमबार भने उनले एक्कासी राजनीतिबाट अलग रहने आश्चर्यजनक निर्णय सुनाएका हुन् ।

सन् २०१० देखि नेदरल्याण्ड्सको नेतृत्व गर्दै आएका रुट देशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका छन् ।

सत्तामा उनको १३ वर्षको कार्यकालले राजनीतिक संकटको माध्यमबाट सत्तामा उनको क्षमताको लागि उनलाई ‘टेफ्लोन मार्क’ उपनाम दिएको छ । बाल हेरचाह अनुदानमा घोटाला भएको एक काण्डका कारण सन् २०२१ जनवरीमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । दुई महिना पछि मात्र सत्तामा फर्कनको लागी उनको भीभीडी पार्टीले निर्वाचनमा प्रथम भएपछि छोटो समयमा नै उनी सत्तामा फर्किएका थिए ।

नयाँ शरणार्थी नीतिमा सत्तारुढ दलबीच सहमति हुन नसकेपछि शुक्रबार साँझ उनको गठबन्धन सरकार ढलेको होे ।

रुटको भीभीडी पार्टीले युद्ध क्षेत्रबाट भागेर आएका शरणार्थीहरूका लागि पारिवारिक पुनर्मिलनलाई सीमित गर्न चाहेको थियो तर चार दलीय गठबन्धनको सबैभन्दा सानो सदस्य क्रिस्टेनयुनीको क्रिष्टियन डेमोक्रेटिक पार्टी र मध्य बामपन्थी डेमोक्रेसी–६६ ले उनको धारणालाई समर्थन नगरेपछि गठबन्धन भाँडिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT