Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियलेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी


बेरूत। लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ।

युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, “पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ।”

संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन्।

लेबनानको दक्षिणी सीमावर्ती शहर यारिनको बाहिरी इलाकामा एक ‘वाच टावर’ स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनाशरा समाचार संस्थाले जनाएको छ।

त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ। संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीहरूसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT