Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यमुक्तककार पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन


काठमाडौँ। मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ।

हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी ‘भमरकोटे’ साहित्यकार नरेन्द्र नगरकोटी, हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपाल, साहित्यकार बद्री उप्रेती, प्रदिप सापकोटा, दुर्गा अधिकारी , नरेन्द्र सिवाकोटी, तिलकप्रसाद लुइटेल, बद्री उप्रेती लगायतले विमोचन गरे। विमोचित संग्रहका बारेमा समालोचक नरेन्द्र नगरकोटीले टिप्पणी गरेका थिए

संग्रहमा मुक्तककार श्रेष्ठले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको साहित्यकार मदन नेपालको भनाइ थियो। त्यस्तै नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, उषा के सी, नवराज पोखरेल, सुरेश वैद्य, तिलकप्रसाद लुइटेल, रबिन्द्र आशिष शैली, मानन्धर अभागी, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, जिज्ञासु तिलक पौडेल, सुचिता काफ्ले, बद्री उप्रेती, योगराज आचार्य (छिमेकी दाइ) टेकराज भट्ट, प्रदिप सापकोटा, दुर्गा अधिकारी भमरकोटे ज्यूहरुले कृतिकारको विमोचित कृतिबाट र आफना मुक्तकहरु वाचन गरे। हामी र हाम्रो कृति समुहले प्रकाशित गरेको संग्रहभित्र २ सय ७० वटा मुक्तक संग्रहित छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT