Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यछायाँदेवी चेतनाथ गजल पुरस्कार ‘बोई’ र ‘मफलर’लाई

छायाँदेवी चेतनाथ गजल पुरस्कार ‘बोई’ र ‘मफलर’लाई


काठमाडौँ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ।

पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’लाई प्रदान गर्न लागिएको छ। दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने यो पुरस्कार आउँदो कात्तिक २५ गते शनिवार काठमाडौँमा एक समारोहबीच प्रदान गरिनेछ।

साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो। विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो।

बुलबुल पब्लिकेसन्सले संयोजन गर्दै आएको यो पुरस्कार २०७४ सालमा आवाज शर्माले सम्पादन गरेको संयुक्त गजल कृति ‘इन्द्रेणी–३, २०७५ सालमा टक गुरुङको गजल सङ्ग्रह ‘अनाहतु’ २०७६ सालमा प्रकृति प्रेमीको गजल सङ्ग्रह ‘समीर’ र २०७७ सालमा पुष्प अधिकारी अञ्जलीको गजल सङ्ग्रह ‘हरियो ऐना’लाई प्रदान गरिएको थियो।

बुलबुल पब्लिकेसन्सका निर्देशक तथा पुरस्कार संयोजक अच्युत घिमिरे बुलबुलले पुरस्कारको गरिमा र महत्त्वलाई सम्मान गर्दै सधैँ योग्य कृति पुरस्कृत होस् भन्नेमा आफू सचेत रहेको बताए।

रोजगारीको सिलसिलामा यूएईमा रहँदै आएका पुरस्कारका कोषका संरक्षक जे सागरले योग्य कृतिहरु पुरस्कृत भएको भन्दै खुशी व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT