Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भोगाइ’ सार्वजनिक

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भोगाइ’ सार्वजनिक


काठमाडौँ। हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भोगाइ‘ कृतिको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ।

कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषता बारे मन्थन र मुक्तक वाचनले स्रोतालाई मन्त्रमुग्ध पारेको थियो।

लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफनो जिवन भोगाईलाई कृतिको रुपमा प्रकाशनमा ल्याउनुभएको पुस्तकले समाजमा आम मानिसलाई जिवनको विषयमा सहि जानकारी दिने बताए।

नेपाली साहित्यकारहरुलाई समूहमा एकजुट भएर नेपाली साहित्यलाई विकास र विस्तार गरि साहित्यकारहरुलाई राज्यबाट संरक्षण गरिनुपर्ने बताए। हामी र हाम्रो कृति कार्यक्रमको संरचना र उद्देश्य बारे साहित्यकार मदन नेपालले जानकारी गराए।

कार्यक्रममा विभिन्न संस्थाका प्रमुख लगायत मुक्तकका अनुरागीहरुले सोहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भयो। कार्यक्रममा साहित्यकार, पत्रकार र आम साहित्यप्रेमी हरुको उल्लेख्नीय सहभागीता रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३०१ कविको कविता प्राप्त भएका छन्। राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त

नारायण थापा ‘कल्पित’का दुई कृति विमोचन

काठमाडौँ। लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्वारा लिखित दुई कृतिहरू शनिबार विमोचन भएका छन्। शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको

विपी साहित्य महोत्सव आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म

नौजनालाई अनेसास नवरत्न पुरस्कार

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका

बिपी साहित्य महोत्सवका लागि समितिमा ११ सदस्य थप

काठमाडौँ। नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव– २०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ। पार्टीको बैठकको निर्णयानुसार भदौ २४,

Techie IT