Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यलेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक


काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।

शिक्षणलाई मुल पेशा बनाएकी दाहालको ‘डोहोडोहो डोल्पो’ दोस्रो कृति हो । यसअघि उनको यात्रा निबन्ध ‘प्रियसँगको यात्रा’ २०७५ मा प्रकाशित भएको थियो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो, ‘डोहोडोहो डोल्पो’ । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाई र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।

चर्चित गजलकार बाबु त्रिपाठिले सहजिकरण गरेको ‘डोहोडोहो डोल्पो’ सार्वजनिकिकरण समारोह अन्य कार्यक्रम भन्दा भिन्न रह्यो । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथि कोही निम्त्याईएका थिएनन् । बरु समालोचक तथा साहित्यका खरो टिप्पणिकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देललाई सञ्चालक त्रिपाठिले लेखन, यात्रा र साहित्यबारे केही प्रश्न र जिज्ञासा राखे । ‘डोहोडोहो डोल्पो’ कि लेखक दाहालले अन्तिममा बोल्ने मौका पाईन् । उनले गुरु निर्मोही ब्यास र भूमिका लेखिदिने साहित्यकार युवराज नयाँघरे, इल्या भट्टराईलाई विशेष धन्यबाद दिईन् । कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरुलाई उनले अतिथि र प्रमुख अतिथिको संज्ञा दिईन् । पुस्तक बिमोचनकै क्रममा कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए ।

‘डोहोडोहो डोल्पो’ लाई समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठि, साहित्यकार भुवनहरि सिग्देल, भुँडिपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।

भुँडिपुराण प्रकाशनले प्रकाशन गरेको १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैंयाँ राखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT