Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यमहाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’


काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गरेका थिए । सो अवसरमा ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरिएको थियो ।

कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिया पुरस्कारबाट १० हजार १०० राशिसहित साहित्यकार शर्मा पुरस्कृत भए ।

कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आआफ्नो मन्तव्य राखेका थिए ।

यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिया’ बारे कविता वाचन गरेका थिए भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गरेका थिए ।

साहित्यिक पत्रकार सँघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी., साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतकि उपस्थिति थियो ।

लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै उनका यात्राको सिकर्नी र अहोरात्र जस्ता कृति पाठकमाझ आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकामा अनेसासको कविता महोत्सब

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ । कलमपोखरीको सिटी सेन्टरस्थित फुड

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर

राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक

काठमाडौँ । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता

उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

Techie IT