Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएका छन्। महानगर प्रहरीको टोलीले बुधबार दिउँसो सेवा सदनको भवनमा डोजर चलाएको हो।

भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो।

सदनकी सञ्चालक घलेले भने आफू गलत नरहेको र भवनको लालपुर्जा आफ्नै निजी रहेको बताउँदै आएकी छन्।

पूर्व राजनीतिकर्मी ८६ वर्षीया घलेले सञ्चालन गर्दै आएको उक्त सदनभित्र वाचनालय, पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, उपभोक्ता सहकारी संस्थाका साथै विद्यालय पनि छन्।

पञ्चायतकालमा सांसद र सहायक मन्त्रीसमेत रहेकी घलेले आफ्ना सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी छिन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT