Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक


पोखरा । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् तर बसपार्क बनाउन छुट्टाइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ ।

बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा अबदेखि सबै बसले आफ्नो सेवा बसपार्कबाट नै दिनुपर्ने भएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

सडक पेटीमै बस पार्किङ गरेर यात्रु चढाउँदा र झार्ने गर्दा मुख्य बजार क्षेत्र अस्तव्यस्त भएपछि पोखरा महानगरपालिकाले आइतबारदेखि सडकमा पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि आजदेखि लागू हुने गरी पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्ने निर्णय गरिएको छ ।

महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाइनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो । जिल्ला सुरक्षा समिति कास्की र पोखरा महानगरको समन्वयात्मक बैठकले सो निर्णय गरेको हो । दुई दिनभन्दा बढी बसपार्कमा होल्ड भई बस्ने सवारी साधनलाई महानगरको प्रशासनिक भवन निर्माणस्थल ड्यामसाइडमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सुन्दरतामाथिनै प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो । सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजतासहित दुर्घटनाको समेत जोखिम बढेपछि अनधिकृत पार्किङ हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार लामो तथा छोटो दूरीका सबै बस अबदेखि बसपार्कभित्रबाट छुट्ने व्यवस्था गरिएको छ ।

उनले भने, “पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दूरीका बस बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापन गरिएको छ । महानगरले यातायात व्यवसायीसँग समन्वय गरेको छ ।” महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीयवासी र व्यवसायीसमेतको सहयोगमा सडकको पार्किङ हटाइएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले बताए ।

उनले भने, “लाइनमा बस्ने लामो दूरीका बसलार्ई मात्रै सडकमा राख्न दिएका छौँ । अन्य सबै सवारीलाई पार्किङ नगर्न सूचित गर्ने, सूचना बोर्ड राख्नेलगायतका काम गरेका छौँ । सडकबाट पार्किङ हटाउने अहिलेको निर्णय पहिलेको जस्तो फिर्ता हुँदैन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT