Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाली उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने

नेपाली उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने


काठमाडौँ। आम उपभोक्ताले भोग्नुपरेको कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन, अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गदै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभा यहि साउन २६ गते गर्ने भएको छ।

महासंघको केन्द्रीय कार्यालयमा बिजुली बजारमा बसेको केन्द्रीय समितिको बैठकले साधारण सभा साउन २६ गते काठमाडौँमा गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य बिष्णु गिरीले जानकारी दिए। गिरीका अनुसार साधारण सभा सफल बनाउन बिभिन्न समितिहरु पनि गठन गरिएको छ।

सुचना तथा सन्चार समिति– संयोजक लुमडी ब कार्कि, अर्थ ब्यबस्थापन समिति– संयोजक दुर्गा थापा, मञ्च ब्यबस्थापन समिति– संयोजक अर्जुन कुमार श्रेष्ठ, संयमसेवक समिती संयोजक सोभितमान गिरी,अतिथी सत्कार समिति– शुष्मा रावल संयोजकमा समिति गठन गरेको छ।

समितिका बैठक पछि बोल्दै अध्यक्ष चन्द्र साउदले सबैखाले भष्ट र कालो बजारीयाहरुलाई कारबाही गनुपर्नेमा जोड दिए। उनले अधिकार सम्बन्न बजार अनुगमन समिति गठन तथा उपभोत्ता मन्त्रालय स्थापना गर्न माग गरे। अध्यक्ष साउँदले कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले महासंघको स्थापना बताए।

महासंघका प्रवत्ता लुमडी बहादुर काकीले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्बसाधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए। देशमा व्याप्त चरम महंगी, कालोबजारी, भ्रष्टाचार, नैतिक स्खलन, अराजकताबाट देशलाई कसरी जोगाउने भन्ने बारेमा आफूहरु लागि परेको प्रवत्ता कार्कीको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘भेप’ लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी

काठमाडौँ । सरकारले विद्युतीय चुरोट अर्थात् ‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल

कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् ।

सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

Techie IT