Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी


काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो ।

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ ।

काठमाडौँ–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताए । जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उहाँले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिए ।

“जमिनमुनी सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ । यसको कारण पत्ता लगाउन सकेका छैनौँ । अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ”, दासले भने, “समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ । अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गछौँ ।” ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउदै उनले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिए ।

मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि–चारदोबाटो–शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक–पटक पुरेपनि खाल्डोपर्ने र पुनःभत्किने क्रम नरोकिएपछि मङ्गलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गरेका थिए । आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उनले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिए ।

सडक पुनःनिर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT