Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वमन्त्री जोशी भन्छन्ः ललिता निवासबारेको अनुसन्धानमा सहयोग गर्छु

पूर्वमन्त्री जोशी भन्छन्ः ललिता निवासबारेको अनुसन्धानमा सहयोग गर्छु


काठमाडौँ। पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन्। आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका हुन्।

जोशीले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका छन्। जोशीले त्यसअघि नै असोज ४ गते आफूले मन्त्री पदबाट राजीनामा दिएको स्मरण गराउँदै मन्त्रिपरिषद्‌मा सामाजिक समितिमा प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरेका छन्।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमतिमात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेको प्रष्ट पारेका छन्।

जोशी तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए। यही आधारमा उनलाई समेत अख्तियारले पनि मुद्दा चलाएको थियो।

उनले सामाजिक संजालमा गरेकाे पाेस्ट

‘वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।

तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिईँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।

यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीकाे मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हाे । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन ।

जे जसाे भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेराे पूरा सहयाेग रहने छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT