Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन

भक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन


भक्तपुर । विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।

सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालिएको हो ।

सडक अनुगमनपछि नगरकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले सडकको कालोपत्र गुणस्तरहीन रहेको निष्कर्ष निकालेको बताए । उजले भने, “सडक निर्माणको अन्तिम चरणमा पुगेको पाइयो तर सडकको कालोपत्र गुणस्तरीय छैन, अहिलेकै अवस्थामा सडक स्तरोन्नति गरेरमात्रै हस्तान्तरण गर्नुपर्ने देखिन्छ, यद्यपि झरी रोकिनेबित्तिकै सडक निर्माणको बाँकी काम अगाडि बढाएर आगामी दसैँसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्, अब पनि निर्माण सम्पन्न नभए सरकारले ठेक्का रद्द गरेर कारबाही गर्नेछ ।”

निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको जनाउँदै विभिन्न ठाउँमा आएका अवरोध हटाउन पहल गर्ने बताए । अनुगमनमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटक–पटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगरप्रमुख तथा उपप्रमुख आफैँ उभिएर समस्या समाधान गर्न तत्पर रहेको जानकारी दिए ।

अनुगमनमा सहभागी नेकपा ृएमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेत, नेकपा ृमाओवादी केन्द्रेका सुनिल वासु, राप्रपाका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाह, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले छिटो निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्न आयोजनालाई आह्वान गरे ।

भक्तपुर–नगरकोट सिपाघाट(बालाजु त्रिशूली सडक योजना कार्यालयको आयोजनाअन्तर्गत रहेको उक्त सडकको आयोजना सब–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै आगामी असोजसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको जानकारी दिए । शैलुङ कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गरे ।

विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । रु २७ करोडमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर रु ३१ करोड पुर्याइएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड नौपटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचारसमेत गरेको थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT