Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबंगलादेशबाट बोलाएर बन्धक बनाउँदै फिरौती असुल गर्ने ६ जना पक्राउ

बंगलादेशबाट बोलाएर बन्धक बनाउँदै फिरौती असुल गर्ने ६ जना पक्राउ


काठमाडौँ। बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। युवतिहरुको प्रयोग गरि जागिरको प्रलोभन देखाएर बन्धक बनाइ परिवारसँग फिरौती माग गर्ने समूहका ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी उनीहरुलाई आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा चार जना बंगलादेशी नागरिक छन् भने दुई जना नेपाली नागरिक छन्।

बंगलादेशको गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेशको कुमिल्लाका ३८ वर्षीय सलिम मिया, बंगलादेशकै बारिसालका ३७ वर्षीय एमडी मोसिउर रहमान, बंगलादेशकी २१ वर्षीय जहन्जिर आलम, बंगलादेश ढाकाका २१ वर्षीया थमिन बेगम छन्। त्यसैगरी नेपाली नागरिकहरू इलामको चालाचुलीका ३३ वर्षीया रोशनी राई र सिन्धुपाल्चोकको बलेफी–६ का २७ वर्षीया तारा नेपाली छन्।

बंगलादेशी नागरिककै योजनामा नेपाली युवती प्रयोग गरेर बंगलादेशीलाई काठमाडौँ बोलाउने र बन्धक बनाएर फिरौती उठाउने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले जानकारी दिए।

यो समूहले वैदेशिक रोजगारीका नेपालबाट अन्य देश पठाउने भन्दै बोलाउने र काठमाडौँ आएपछि सेफ हाउसमा बन्धक बनाएर रकम असुल्ने गरेको पाइएको छ। काठमाडौँमा बन्धक बनाएपछि बंगलादेशमा रहेका उनीहरूका आफन्तलाई फोन तथा भिडिओ कल गर्दै फिरौती रकम लिने गरेको पाइएको छ।

यसरी यो समूहले एक व्यक्तिको परिवारबाट १० लाख रुपैयाँसम्म फिरौती रकम लिएको पाइएको एसएसपी केसीले बताए। फिरौती नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको छ।

पक्राउ परेका चार बंगलादेशी र दुई नेपाली गरी ६ जनालाई थप कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT