Techie IT
२०८० असोज १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालभोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा


भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई देश–विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ । “यो शिवपञ्चायन मन्दिर प्रचारको कमीले ओझेलमा परेको छ”, उनले भने, “प्रसिद्ध टेम्केडाँडाको काखमा रहेको यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचार–प्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।”

चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताउनुभयो । मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि यहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ । प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु, देवीको गरी पञ्चायन भगवान्को मूर्ति छन् । धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानीयले बताएका छन् । “हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शिवपञ्चायन मन्दिरको स्थापना गरेका छौँ”, स्थानीय शिक्षक नुरी शेर्पाले भने, “यहाँ हामी सबै जातजातिको बसोबास छ । हाम्रो शेर्पा समुदायको बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ । यसले हामीबीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ ।”

मन्दिर निर्माण तथा आवश्यक संरक्षणका लागि स्थानीय देवबहादुर विष्टले निःशुल्क जग्गा दिएका हुन् । “यो ठाउँमा मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि मैले जग्गादान गरेको छु” उहाँले भन्नुभयो, “यसले यहाँको संरक्षण तथा विकासमा टेवा पुगेको छ । मन्दिर निर्माणसँगै धार्मिक पर्यटकको आवागमन बढ्छ भन्ने मैले विश्वास लिएको छु ।”

गाउँपालिका र वडा कार्यालयको रु तीन लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन् । गाउँपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । यो ठाउँको शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो । मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यकटसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ ।

“यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेका छौँ”, वडाध्यक्ष राईले भने, “धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर यहाँको आर्थिक पक्षमा जोड्ने हाम्रो लक्ष्य छ ।” धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनः अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी

इजरायलमा कामदार पठाउने तयारी

काठमाडौँ । नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ

मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ। बिहीबार मुख्यमन्त्री कार्यालयमा

गोप्य राख्नुपर्नेबाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छः सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन्। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा

शहरी विकास मन्त्रालयका सचिव श्रेष्ठले पाए अवकाश

काठमाडौा। शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अवकाश पाएका छन्। खानेपानी इन्जिनियरका रुपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका

Techie IT