Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालअसिनाले दुई करोडको काँक्राको बीउ नष्ट

असिनाले दुई करोडको काँक्राको बीउ नष्ट


पर्वत । जिल्लाको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो । यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ । असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन् । उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो ।

बीउ उत्पादनबाट बर्सेनि रु दुईदेखि रु दुई करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिनुभयो । यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए । त्यसबाट रु दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष रु एक करोड २३ लाख भित्र्याएका थिए ।

सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो । “हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो”, नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, “मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौँ ।”

उनले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरिन्। ठूलो आम्दानी हुने भए पनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन् ।

समूहका अध्यक्ष पाठकले दुई वर्षअघि एक सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरिन्। त्यो बेला प्रतिकिलो बीउको मूल्य रु तीन हजार रहँदा उहाँलाई काँक्राको बीउबाट रु पाँच लाखभन्दा बढी कमाई भएको थियो ।

गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बीउ बनेन । बीउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै रु चार लाख आम्दानी गरेका पाठकले यस वर्ष क्राँक्राबाट एक रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताइन् ।

पाङराङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन गर्ने साना ठूला समूह निर्माण गरिएका छन् । स्थानीय नारायणस्थान बीउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बीउ उत्पादन गर्दै आएको थियो । समूहमा आबद्ध ७२ कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ ।

कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा रु एक करोड २३ लाखको काँक्राको बीउ तयार भएकामा यस वर्ष पूरै असिनाले नष्ट गरिदिएको बताए । क्षतिपूर्तिका लागि पहल भइरहेको उनको भनाइ छ ।

यहाँका कृषकले काँक्राको बीउ उत्पादनबाट घटीमा रु एक लाखदेखि बढीमा रु २० लाखसम्म एउटा घरमा भित्र्याउने गरेका छन् । माघमा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी हुँदै आएको छ ।

कृषकले काठमाडौँको कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन् । एक किलो बीउको रु तीन हजारका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन् ।

काँक्राको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नरहेको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ । नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्राको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ । नेपाल

समाचार लेखेका भरमा सत्ता र शक्तिको दुरुपयोग गरेर मसँग प्रतिशोध…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् ।

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति ?

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार

गृहमन्त्री लामिछानेसँग ८० तोला सुन र एक रोपनी जग्गा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति

Techie IT