Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालधादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी

धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी


धादिङ । धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।

त्यसमध्ये धुनिबेसी नगरपालिकामा संचालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत महशुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

महशुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत लाइन काटिएपनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

एक सय तीन जनालाई विद्युत प्राधिकरणले धादिङमा कालोसुचिमा राखेको छ । विद्युत लाइन काटेपछि नेपाल विद्युत प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचिमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

कालोसूचिमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत सेवा नदिने नियम समेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाण्डौ र भक्तपुरमा समेत उनिहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।

धादिङमा विद्युत चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत संचालन गरेपनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।

प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ । उनीहरुबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ । तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत चोरी अन्तरगत कारबाही गरेको थियो ।

गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत विक्रि गरि एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत विक्रि गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन्।

न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको प्रष्टोक्ति

पर्सा प्रहरीद्वारा दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद

वीरगञ्ज। पर्सा प्रहरीले दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। खेतमा रहेको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको हो। प्रहरीले वीरगञ्ज

नुवाकोट स्वयम्भु महाचैत्यको मूर्तिमा प्राणप्रतिष्ठा

विदुर। नुवाकोट जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक निर्माणाधीन स्वयम्भू महाचैत्य क्षेत्रभित्र १०८ वटा चैत्य बनाउने योजना अनुसार शनिबार

सुन तस्करी छानबिन गर्न आयोग बनाउने विषयमा सर्वदलीय छलफल

काठमाडौँ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा दलहरुबीच छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले डाकेको सर्वदलीय बैठकमा

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य

Techie IT