Techie IT
२०८२ कात्तिक ८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालआफ्नै लिङ्ग काटेर घाइते भएका युवक खतरामुक्त

आफ्नै लिङ्ग काटेर घाइते भएका युवक खतरामुक्त


चितवन। आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको भरतपुरमा उपचार हुँदैछ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको हो।

उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। उनी अहिले खतरामुक्त अवस्थामा छन्।

६÷७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए। उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो। काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए।

बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए। त्यसपछि उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए। त्यसपछि थप उपचारको लागि चितवन मेडिकल कलेज गएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT