Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालदरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन


काठमाडौँ । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ ।

विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ । उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षामा सीप  कार्यक्रम  पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिए ।

ऐतिहासिक धरोहर दरबार हाइस्कुललगायत महानगरका सबै सामुदायिक विद्यालयमा यही शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ देखि १२ सम्म थालनी गरेको शिक्षामा सीप कार्यक्रम लागू गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले गत वैशाख १२ गतेदेखि उक्त कार्यक्रम लागू गरेको हो ।

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने महानगरको उद्देश्य हो । उक्त कार्यक्रमअन्तर्गत ९० घन्टे कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् ।

त्यसैगरी, फेसन डिजाइन र कपडा सिकाइ, घरमा तार र बिजुली जडान वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ । अहिले महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ मावि र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी, पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

कामपाले यसै शैक्षिक सत्रदेखि बुक फ्री फ्राइडे कार्यक्रम पनि सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत शुक्रबार विद्यार्थीले किताब बोकेर विद्यालय जानुपर्ने छैन भने अतिरिक्त क्रियाकलाप गरेर घर फर्कन्छन् । बुक फ्री फ्राईडे कार्यक्रम कामपाको सबै सामुदायिक विद्यालयको  सञ्चालन भइरहेको छ ।

विद्यार्थीको चाप अत्यधिक

कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस ऐतिहासिक विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययममा पढाइ हुने हुँदा अहिले करिब ६ सय ५० विद्यार्थीले पठनपाठन गर्ने गरेका छन् । अघिल्लो वर्षसम्म पनि करिब पाँच सय विद्यार्थी यहाँ अध्ययन गर्थे । चालु शैक्षिक सत्रमा मात्र एक हजार पाँच सय विद्यार्थी भर्नाका लागि आएका थिए, स्थान अभावका कारण सबैलाई समावेश गर्न नसकिएको विद्यालयको भनाइ छ  ।

विद्यालयको भौतिक संरचनाका कारण आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने अवस्था रहेन भने एक हजार पाँच सय विद्यार्थीलाई त स्थान अभावको कारण फिर्ता पठाउन परेका विद्यालय परिवारले जनाएको छ । कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म राखेर पढाइरेहका छौँ”, प्रधानाध्यापक पौडेलले भने  ।

कक्षा ९ र ६ मा अत्यधिक विद्यार्थी रहेका छन । कक्षा ९ मा एक सयभन्दा बढी विद्यार्थी रहेका छन् जहाँ तीनवटा कक्षा विभाजन गरेर पठनपाठन भइरहेको छ । एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने आशाले पनि पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरु भीड हुने गरेका छ । ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरीमात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक र संस्कृत मावि सञ्चालित छन् । नौ रोपनी जमिनमा निर्माण गरिएको चारतले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेका हुन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT