Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालफेरि जाग्दै र्‍‌यान्डम रिडर्स

फेरि जाग्दै र्‍‌यान्डम रिडर्स


पोखरा। लामो समयदेखि सुस्ताएको र्‍‌यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ। सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो।

यसअघि सोसाइटीका उपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन्। गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष रहेका उनी हाल शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन्। शिक्षणसँगै साहित्य सिर्जना र सञ्चार क्षेत्रमा समेत उनी क्रियाशील छन्।

२०६७ मा पोखरामा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटी कोरोनाको महामारीपछि सुस्ताएको थियो। संस्थालाई थप गतिशील बनाउने उद्देश्यले गठित कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिवमा नेपाल प्रकाश अधिकारी, कोषाध्यक्षमा ध्रुव केसी र सहसचिवमा दीपक पराजुली रहेका छन्। यस्तै, सदस्यहरूमा अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी, दुर्गा राना र एलिसा विक रहेका छन्। एक महिला सदस्य पछि थपिने सचिव नेपाल प्रकाश अधिकारीले जानकारी दिए।
त्यसै गरी समितिको पहिलो बैठकबाट सल्लाहकारहरूमा पूर्व अध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्व कोषाध्यक्ष मीरा ढकाल चयन भएका छन्। सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहने गरी पुस्तक छनोट समिति पनि गठन गरेको छ।

यसै बिच, नयाँ कार्यसमितिले पहिलो कार्यक्रम आगामी भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’माथि गणेश कार्कीको परिचर्चासहित सञ्चालन गर्ने बताइएको छ। हरेक महिनाको अन्तिम शनिबार बिहान ८ बजे हिमालयन रिडर्स कर्नरमा हुने कार्यक्रमलाई निरन्तरता दिनुका अलावा केही नयाँ योजनासहित समिति अघि बढ्ने संस्थाले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT