Techie IT
२०८२ असोज २३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबारामा भएको दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

बारामा भएको दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत


काठमाडौँ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सबै सात जनाको सनाखत भएको छ। काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति दुर्घटना हुँदा ६ जना भारतीय र एक जना नेपालीको ज्यान गएको हो।

भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित छन्।

दुर्घटनामा घाइते भएका अन्य १७ जना मध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारत राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदीको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै, धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ वर्षका घुरन मण्डल , महोत्तरी लोहारपट्टी नगरपालिका(५ बस्ने २६ वर्षीय जसबेन्दर पासवानको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

यस्तै, भारत राजस्थान बस्ने ५३ वर्षकी मायादेवी, सोही स्थानको ३५ वर्षका अनिलकुमार, ५० वर्षका तारावती चतुर्वेदी, निजकै नातिनि क्रितिका चतुर्वेदी, ४८ वर्षका श्यामलाल माली , वर्ष ४७ का हरवारी माली ७० वर्षीया चौथी देवीको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ

यस्तै राजस्थानकै ७२ वर्षीय सुरेशचन्द्र चक्रवती , ६३ वर्षका धरमसिंह, ६० वर्षकी इन्दु धाकद , १६ वर्षकी गर्विदा चतुर्वेदी, सोही स्थानका ५४ वर्षीय रामकुमार चतुर्वेदीको पनि हेटौंडास्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपािलकाका ३८ वर्षीय बिहारी मुखीयाको हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ वर्षीय रामप्रसादलाई चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT