Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा विकास भयोः घनश्याम भुसाल

ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा विकास भयोः घनश्याम भुसाल


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओेलीलाई माथ गर्ने ढंगले निन्दा र भर्त्स्ना गर्नेहरु नेपालको राजनीतिमा उदाइसकेको बताए।

‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । अहिले आजीभन्दा दश हात निन्दा भर्त्सना अरु नै आइसके,’ भुसालले भने ‘बुढो प्रतिनिधिको ठाउँमा जवान प्रतिनिधिहरू आएका छन्।’

भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए। रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परात विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

Techie IT