Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँमा कौडा खेलिरहेका १३ जना पक्राउ

काठमाडौँमा कौडा खेलिरहेका १३ जना पक्राउ


काठमाडौँ। काठमाडौँबाट कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्। उनीहरूलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

टोखा नगरपालिका–१, झोरस्थित एक टहरामा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–१ का ४४ वर्षीय रोशन ठकुरीसहित १३ जना छन्। प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनीहरूलाई १६ थान कौडा र नगद तीन लाख २६ हजार रुपैयाँसहित पक्राउ गरेको जनाइएको छ।

यस्तै, जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन्। बूढानीलकण्ठ नगरपालिका–११, कपनमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका–१ का ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। शेर्पासहित चारजनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई नगद एक लाख १३ हजार ५०० रुपैयाँ, एक लाख भारतीय रुपैयाँ, एक हजार १०० अमेरिकी डलर र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT