गृहपृष्ठ ∕ नेपाल ∕ भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामदभारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद नेपाली पत्र आईतबार, २०८० जेठ १४ गते, १३:१० मा प्रकाशित नेपाल महोत्तरी । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए ।प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । #मोटरसाइकल बरामदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ३ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ४ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ अमेरिकाले सिरियामा फेरि बम खसाल्योThe Film Nepal