गृहपृष्ठ ∕ नेपाल ∕ वसुन्धरामा भ्यानको ठक्करबाट एक जनाको मृत्युवसुन्धरामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु नेपाली पत्र सोमबार, २०८० भदौ १८ गते, ११:२३ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भ्यानका चालक बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ । #भ्यानको ठक्करग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउकाठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनीकाठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको राष्ट्रपतिलाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणामकाठमाडौँ । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्छः अर्थमन्त्री पुनकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी धादिङको थाक्रेमा आगलागीमा परी एक दम्पत्तीको मृत्युकाठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीयधेरै पढिएका खबर १ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटThe Film Nepal