Techie IT
२०८२ वैशाख २८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम


चितवन । चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले बताए ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सोमबार शुभारम्भ गर्दै प्राडा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताए ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन् । “हामी बजारबाट तरकारीमात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौँ, त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौशी खेतीको अपरियार्यता छ”, उनले भनिन् ।

कृषि सङ्कायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिको विषयमा जानकारी गराएका थिए । उनीहरूले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालयबीचको साझेदारी कायम रहनुपर्ने बता ।

निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिकाअन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता रहेको छ ।

“तालिममा कौशी खेतीको परिचय, स्थान छनोट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गरिक मलका स्रोत, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आइपीएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम–२ बनाउने विधि, पोलीब्याग र प्रोब्यागमा माटो राख्ने विधिलगायत विषयबारे छलफल र सामूहिक अभ्यास गराइने छ”, निर्देशक भट्टराईले भने ।

तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापनलगायतका विषयमा लामो समय अनुभव सँगालेका प्रशिक्षक लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

Techie IT