Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालभुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै

भुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै


काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट ९जीएसए० सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने चुनौतिको सामना गर्नुपर्यो”, भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भनेकी छन् ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT