Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित एक पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौँ महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मङ्गलबार पक्राउ गरेको हो । थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

शुक्रबार नै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुङ्गाबाट पक्राउ परेका हुन् । अन्सारीको साथबाट अवैध लागूऔषध फेनारगन एक सय ४२ एम्पुल, बुप्रेनुर्फिन एक सय ४७ एम्पुल, डाइजेपाम एक सय ३७ एम्पुल र नाईट्राभेट एक हजार पाँच सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अन्सारीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT