गृहपृष्ठ ∕ नेपाल ∕ राजकीय सम्मानकासाथ नेता नेम्वाङको आज अन्तिम संस्कार गरिदैँराजकीय सम्मानकासाथ नेता नेम्वाङको आज अन्तिम संस्कार गरिदैँ नेपाली पत्र बिहीबार, २०८० भदौ २८ गते, ०६:४१ मा प्रकाशित नेपाल काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिदैँछ । सो अघि उनको शवयात्रा निकालिने एमालेले जनाएको छ ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको सचिव विष्टले बताए ।आज हुने नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय सरकारले गरेको छ । सरकारले सार्वजनिक विदा पनि दिने निर्णय गरेको छ । नेता नेम्वाङको मंगलबार विहान १ः५० मिनेटमा निधन भएको थियो । #सुवासचन्द्र नेम्वाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदैधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ५ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal