Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा


कास्की। पोखरा महानगरपालिकाको दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

पोखरा महानगरपालिका–१६ र १९ वडाले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन्।

स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ। दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताए।

उनका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्ने , “नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ। यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ”, वडाध्यक्ष तिमिल्सिनाले भने।

एम्बुलेन्स सेवाका लागी नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको फोन नम्बर ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यसअघि पनि १६ नंं वडा कार्यालयले वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि रु एक हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ। सो कार्यक्रम यस वर्ष पनि निरन्तर रहेको जनाईएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहकारी संसदीय छानबिन समितिद्वारा कानूनी परामर्श सुरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श सुरु गरेको छ

राप्रपा र काँग्रेसले गरे कोशी प्रदेशसभा बैठक बहिष्कार

विराटनगर । कोशी प्रदेशसभाको पाँचौ अधिवेशनको आजको बैठक प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका

मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने

काठमाडौँ । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढीले

स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको

संसद भवनभित्र प्रहरी जवानले आफै गोली हानी आत्महत्या गरे

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका

दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय

काठमाडौँ । झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको छ । आयोगका अध्यक्ष समेत

Techie IT