Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालरिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहासः पदम गिरी

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहासः पदम गिरी


काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यले पीडितलाई न्याय दिनुको सट्टा राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन्।

सरकारले चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयपछि उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।

‘पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिएको कुराले कानूनी राज्यको उपहास भएको छ। आफ्नो श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएकी भारती मानन्धरको जीवन रक्षाको माग गर्दै न्याय दिलाउन सरकारसँग जोडदार माग गर्दछु,’ उनले लेखेका छन्।

गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई राज्यले उन्मुक्ति दिँदा विधिको शासन, कानुनी राज्य र संविधानको बर्खिलाप हुन गएको गिरीको भनाई छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT