Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाँच घण्टापछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

पाँच घण्टापछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग


दमौली । सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ ।

म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो ।

सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार विपद् व्यवस्थापन प्रहरी टोल, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यबाट पहिरो हटाइएको हो ।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो । राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ । उक्त ठाउँमा यसअघि पनि पटक–पटक पहिरो गइरहेको छ ।

प्रहरीले पहिरोले सडक अवरुद्ध भएको अवस्थामा तनहुँ हुँदै कास्कीतर्फ जाने सानाठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती–पोल्याङ–कास्कीतर्फ पठाउने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT