Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताइन् । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।

सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई रु दुई सय उपलब्ध गराइने छ । रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ ।

सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एयरलाइन्सको विमान बिग्रीयो

मुगु । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ । तीनजना यात्रु र

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यकः मन्त्री ज्वाला

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा

कोशी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी तोकियो

विराटनगर। कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। आइतबार मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक

Techie IT