Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालडेङ्गुबाट तनहुँमा छ वर्षीय बालकको मृत्यु

डेङ्गुबाट तनहुँमा छ वर्षीय बालकको मृत्यु


तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए ।

छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश

काठमाडौैँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक

विराटनगर भएको आगलागीमा परी थप एकको मृत्यु

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६

ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु

काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ

Techie IT