Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थहलगोरु पाल्ने किसानलाई पोषण अनुदान

हलगोरु पाल्ने किसानलाई पोषण अनुदान


तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा।विनय शाहले जानकारी दिए । उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

वडा नम्बर १ का एक सय चारलाई चार लाख १६ हजार, वडा नम्बर २ का २९ लाई एक लाख १६ हजार, ३ का नौ जनालाई ३६ हजार, ४ का ४२ लाई एक लाख ६८ हजार, ५ का ५३ जनालाई दुई लाख १२ हजार, ६ नम्बर वडाका ७१ लाई दुई लाख ८४ हजार र ७ नम्बरका ५९ लाई दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए । उनले भने, “वडाबाट प्राप्त विवरणको आधारमा वडागतरूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत १० लाख वितरण गरेको थियो । त्यतिबेला हलगोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो । उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन् । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उहाँको भनाइ थियो । “गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको हो”, अध्यक्ष श्रेष्ठले भने, “प्रोत्साहन रकमले गोरु पाल्ने किसान अझै बढ्ने विश्वास गरेका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।” गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई आग्रह गरे । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT