Techie IT
२०८१ असार ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवैध सुनसहित तीनजना पक्राउ

काठमाडौँ । अवैध रूपमा भन्सार छली गरी ल्याएको सुनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ का

क्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने…

काठमाडौँ । क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत

एसईईको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण

माल्टा पठाउने भन्दै ठगी गर्ने केशवराज जोशी पक्राउ

काठमाडौँ । प्रहरीले केशवराज जोशीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ५० लाख रुपैयाँभन्दा बढी रकम

प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

५८ कार्टुन भेपसहित हेटौँडाबाट ५ जना पक्राउ

काठमाडौँ । मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट हेटौंडा हुँदै भारत जान लागेको

Techie IT