Techie IT
२०८३ असोज २२, बिहीबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरकाे आग्रह

फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरकाे आग्रह


कास्की । पोखरा महानगरले फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन  आग्रह गरेको छ । पोखरा १८ अधेरी कुनादेखि पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने यो खोला करिब आठ किमी लामो छ ।

महानगरले फिर्के खोलाको बहाव क्षेत्र (खोलघर) भित्र बनेका संरचना हटाउन  शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्ण रूपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।

तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने जनाएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के सिमाङ्कन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्के खोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।

१८ वटा सङ्घ, संस्थाका स्थायी संरचना खोलाघर नै मिचेर निर्माण भएका छन् । कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाको आंशिक भाग खोलाघरमा पर्छ । खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० सङ्घ, संस्थाका अस्थायी र १८ सङ्घ, संस्थाका स्थायी संरचना बनेको प्रतिवेदनमा उल्लेख छ ।

खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र सङ्घ सरकारले समेत लगानी गरेको देखिएको छ । खोला फोहोर फ्याँक्ने डम्पिङ जस्तो बन्दै गरेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने प्रतिवेदनले औँल्याएको छ ।

सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ पोल गाडेको छ । पोल गाड्न सम्भव नभएका ठाउँमा इनामेलले चिन्ह लगाइएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म एक महिना लगाएर फिर्के नाप जाँच गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवेदन अनुसार पहिलो चरणमा खोलाघर खाली हुने र त्यसपछि फिर्केको नयाँ मापदण्ड बनाएर कार्यान्वयन गरिने बताए। उनी भन्छन्, “फिर्केको अतिक्रमण हटाएर फिर्के कोरिडोर निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्र बनाउँछौँ । यसका लागि लगानीको समस्या हुँदैन ।”

फिर्के खोलामा पटक पटक सिमाङ्कन र नक्सांकन भएका छन् । तर कार्यान्वयन नहुँदा फिर्के निरन्तर अतिक्रमणको चपेटामा परेको छ । प्रमुख आचार्यले प्रतिवेदन कार्यान्वयन गर्दै फिर्केलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT