Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुगु हत्या प्रकरणः अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

मुगु हत्या प्रकरणः अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन


मुगु । मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

बिहिबार राति छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो ।

परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको थियो । उक्त परिवारका एक जना दीप बहादुर बोहरा वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको थियो । २७ वर्षीया आमा श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरू भाग्न सक्ने सम्भावित नाकाहरूमा निगरानी बढाइएको उनले बताए ।

प्रहरीका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT