Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालशान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छः गुटेरेस

शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छः गुटेरेस


काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन्।

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार पत्रकार सम्मेलनमा अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

पत्रकार सम्मेलनमा गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौँ आएको बताए । ‘नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ उनले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ। शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो।’

गुटेरेसले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको बताए।

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए।

उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारले जारी संसद अधिवेशन अन्य गर्ने

काठमाडौँ । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि

१७ राजदूतको निर्णय गर्न बोलाइएको सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ । सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ

सभामुखले बोलाएको बैठक निष्कर्षहीन

काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०–८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन

पत्रकार महासंघको चुनावको उम्मेदवार मनोनयन दर्ता असोज ४ गते

काठमाडौँ । असोज १२ गते हुने नेपाल पत्रकार महासंघको चुनावको लागि असोज ४ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा

Techie IT