गृहपृष्ठ ∕ नेपाल ∕ विश्व शान्तिका लागि महासचिव गुटेरेसको अपिलविश्व शान्तिका लागि महासचिव गुटेरेसको अपिल नेपालीपत्र मंगलबार, २०८० कात्तिक १४ गते, १३:५२ मा प्रकाशित नेपाल लुम्बिनी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि अपिल गरेका छन्। मंगलबार लुम्बिनी पुगेका महासचिव गुटेरेसले विश्व शान्ति तथा मानव समुदायबीचको सद्भाव र भातृत्वका लागि अपिल गरेका हुन्।नेपालको चार दिने भ्रमणमा रहेका गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका हुन्।गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरे।उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्। महासचिव गुटेरेस आजै अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। #विश्व शान्तिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धारकाठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन्धेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ६ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal