Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत


काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएका हुन्।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ गतेसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शनु कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।

बैठकले चीनको शाङ्घाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृत दिएको ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क

सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताएका छन् ।

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका

डा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान

संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ । सङ्घीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा

कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गर्न राजनीतिक शीर्ष तहको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास

Techie IT