गृहपृष्ठ ∕
नेपाल ∕
भूकम्प: रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए भूकम्प: रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए
रुकुम । भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए ।
हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो ।
हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्न सक्ने बताए । उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन् । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो