गृहपृष्ठ ∕ नेपाल ∕ तिहारमा ‘फ्लोरा एक्सपो’मा गोदावरी र सयपत्रीको अत्याधिक माग (फाेटाे फिचर)तिहारमा ‘फ्लोरा एक्सपो’मा गोदावरी र सयपत्रीको अत्याधिक माग (फाेटाे फिचर) नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, ११:२३ मा प्रकाशित नेपाल काठमाडौँ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरुको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरुबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरुले फलफूल,बिरुवा तथा औजारहरुको व्यापार गरेको बताइएको छ ।तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरु छानीछानी पाइने भएकोले फूल बिरुवाका पारखीहरुको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरु खुशी देखिए ।मेलाको अन्तिम दिन शनिबार ग्राहकहरुको अत्याधिक भीड लागेकोले स्टलहरु नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ ।व्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरुको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए । #फ्लोरा एक्सपोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा संविधान सभा सदस्य रामअयोध्या यादवको निधनकाठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२ निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमाकाठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरुताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनलेधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ५ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ६ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ७ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैThe Film Nepal