Techie IT
२०८२ वैशाख २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रहरीले फिर्ता बोलायो ४५ जनाको पीएसओ

प्रहरीले फिर्ता बोलायो ४५ जनाको पीएसओ


काठमाडौँ। नेपाल प्रहरीले ७ पूर्वउपप्रधानमन्त्रीसहित ४५ जना समयावधी पुगेका पूर्वसभामुख, पूर्वमन्त्री तथा पूर्वसंवैधानिक निकायका प्रमुख, पदाधिकारी र सचिवहरूको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता बोलाएको छ।

संसद्को राज्य व्यवस्था समितिले नियमविपरीत खटाइएका पीएसओहरु फिर्ता गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले पिएसओ फिर्ता बोलाएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार पिएसओ फिर्ता हुनेमा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख तथा पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वउपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव, तथा पूर्वउपप्रधानमन्त्रीहरू गोपालमान श्रेष्ठ, रघुवीर महासेठ, राजेन्द्र महतो र सुजाता कोइरालालाई दिइएका पिएसओलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ।

अन्य उपप्रधानमन्त्रीलाई दुई ओटाका दरले पिएसओ दिइएको थियो भने कोइरालालाई एउटा पिएसओ दिइएको थियो। प्रहरी प्रधान कार्यालयले पूर्वमन्त्रीहरु गिरिराजमणि पोखरेल, विना मगर, खड्गबहादुर विश्वकर्मा, गगनकुमार थापा, महेश बस्नेत, मणिचन्द्र थापा, प्रभु साह, लेखराज भट्ट, गोकुलप्रसाद बाँस्कोटा, सुरेन्द्र पाण्डे, राम कार्की, पार्वत गुरुङ, जुलीकुमारी महतो, शिवमाया तुम्बाहाम्फे र पद्माकुमारी अर्यालका पीएसओ फिर्ता भइसकेको जानकारी दिएको छ।

यस्तै पूर्वमन्त्रीहरु हृदयेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, प्रदीप ज्ञवाली, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, उमाशंकर अरगरिया, नैनकला थापा, वसन्तकुमार नेम्वाङ, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, आशाकुमारी विकको सुरक्षामा खटिएका पीएसओ पनि फिर्ता भइसकेका छन्।

पूर्वमन्त्रीले पदबाट हटेको दुई वर्षसम्म मात्र पीएसओ पाउने व्यवस्था छ। तर उनीहरुले मन्त्री पद गएको लामो समयसम्म पनि नियमविपरीत पीएसओ सुविधा लिइरहेका थिए।

पूर्वअर्थराज्यमन्त्री तथा लुम्बिनी विकास कोषका सदस्यसचिव ल्हारक्याल लामा, पूर्वसांसद रेशम चौधरी, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, लोकसेवा आयोगकी पूर्वसदस्य वृन्दा हाडा, लोकसेवा आयोगका पूर्वसदस्य अशोककुमार झा, पूर्वगृहसचिव महेश्वर न्यौपानेका पीएसओ पनि फिर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पिएसओ फिर्ता हुनेमा एमालेका दुई पूर्वउपप्रधानमन्त्री र १६ मन्त्री गरी १८ नेता छन् । पिएसओ फिर्ता हुनेहरू मन्त्रीबाट बाहिरिएको तीन वर्षभन्दा बढी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले अवधि पूरा भएका र निर्णयमा पुनरवलोकन नगरिएका व्यक्तिका सुरक्षामा खटिएका प्रहरीहरु फिर्ता गरिएको जानकारी दिए।

पूर्वसभामुखलाई पदबाट हटेको तीन वर्षसम्म र मन्त्रीसहितका अन्य पदमा रहनेलाई पदबाट हटेको दुई वर्षसम्म पीएसओ सुविधा दिने व्यवस्था छ।

प्रहरी प्रधान कार्यालयले पूर्वसभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङ तथा पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको घरमा कार्यरत सुरक्षाकर्मी पनि फिर्ता गरेको जनाएको छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पीएसओ खटिएकाहरुको विवरण माग गर्दै अध्ययनपछि त्यसलाई रोक्न निर्देशन दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका

Techie IT